ग्लोबल


बाबा सिद्दीकी हत्या प्रकरणमा ‘वान्टेड’ आरोपित पक्राउ

बाबा सिद्दीकी हत्या प्रकरणमा ‘वान्टेड’ आरोपित पक्राउ

फाइल तस्बिर: बाबा सिद्दिकी


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १०:२५, काठमाडौँ

भारतका एनसीपी नेता तथा महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

मुम्बई प्रहरी र पन्जाब प्रहरीको संयुक्त प्रयासमा बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड आरोपित सुजित सुशील सिंहलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पन्जाब पुलिसको डीजीपी (प्रहरी महानिर्देशक) कार्यालयको आधिकारिक 'एक्स' खातामा गरिएको पोस्ट अनुसार, मुम्बई पुलिसले पन्जाब पुलिससँगको संयुक्त अभियानमा बाबा सिद्दिकीको हाई प्रोफाइल हत्यामा वान्टेड मुम्बई निवासी सुजित सुशील सिंहलाई पक्राउ गरेको हो। 

सुजित बाबा सिद्दिकीको हत्याको षड्यन्त्रमा संलग्न रहेको र उनले तीन दिनअघि नितिन गौतम र अर्का आरोपितलाई यस योजनाबारे जानकारी गराएको पन्जाब प्रहरीको दाबी छ। सुजितलाई पनि अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाइएको छ।

यही अक्टोबर १२ राति मुम्बईको बान्द्रा क्षेत्रमा गोली हानी हत्या एनसीपी नेता बाबा सिद्दिकीको गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad