ग्लोबल


ट्रम्प समर्थक मस्कको घोषणा: हरेक दिन एक मतदातालाई १० लाख डलर दिने

ट्रम्प समर्थक मस्कको घोषणा: हरेक दिन एक मतदातालाई १० लाख डलर दिने

इलोन मस्क


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ६:३१, काठमाडौँ

टेस्ला र स्पेसएक्स कम्पनीका मालिक इलोन मस्कले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनसम्म पेन्सिलभेनियामा दर्ता भएका मतदातालाई हरेक दिन १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन्।

यसका लागि एक विजेता अनियमित रूपमा चयन गरिनेछ। यो विजेता मस्कको अभियान समूह अमेरिका पीएसीको संविधान समर्थक याचिकामा हस्ताक्षर गर्नेहरूमध्येबाट छनोट गरिनेछ।

यो याचिकाले अभिव्यक्ति स्वतन्त्रता र बन्दुक अधिकारको समर्थनको वकालत गर्छ।

मस्कको वाचाअनुसार शनिबार राति टाउन हलको कार्यक्रममा पहिलो चिठ्ठाको चेक दिइएको थियो।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ र पेन्सिलभेनियालाई स्विङ स्टेट भनिन्छ।

यस्तो अभियानबाट मस्कले राष्ट्रपति चुनावअघि ट्रम्पको अभियानमा सहभागी हुन मानिसहरूलाई प्रोत्साहन गर्न सक्ने विश्वास गरिन्छ।

यसअघि मस्कले स्विङ स्टेटमा आफ्नो निवेदनमा हस्ताक्षर गर्ने दर्ता मतदातालाई ४७ अमेरिकी डलर दिने कुरा गरेका थिए।

पछिल्ला केही वर्षमा इलोन मस्क रिपब्लिकन पार्टीका नेता र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख समर्थकका रूपमा देखापरेका छन्। ट्रम्पलाई समर्थन गर्ने उद्देश्यले मस्कले जुलाईमा अमेरिका पीएसी नामक अभियान सुरु गरेका हुन्।

अमेरिकाप्याकको याचिकामा हस्ताक्षर गर्नेहरूले पूर्ण सम्पर्क जानकारी उपलब्ध गराउन आवश्यक छ ताकि अभियानसँग सम्बन्धित व्यक्तिले उनीहरूलाई चुनावबारे सम्पर्क गर्न सकून्।

अमेरिकी पत्रिका फोर्ब्सका अनुसार इलोन मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। उनको कूल अनुमानित सम्पत्ति २४८ बिलियन अमेरिकी डलर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad