ग्लोबल


दिल्लीबाट लन्डन गइरहेको विमान बमले उडाइदिने धम्कीपछि फ्र्याङ्कफर्ट ‘डाइभर्ट’

दिल्लीबाट लन्डन गइरहेको विमान बमले उडाइदिने धम्कीपछि फ्र्याङ्कफर्ट ‘डाइभर्ट’

फाइल तस्बिर: भिस्टाराको विमान


नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:३९, काठमाडौँ

भारतको दिल्लीबाट शुक्रबार बेलायतको लन्डन गइरहेको ‘भिस्टारा’ एयरलाइन्सको विमान बमको धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टतर्फ डाइभर्ट गरिएको छ।

शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी  दिँदै ‘भिस्टारा’ ले भनेको छ- दिल्लीबाट लन्डन जाने उडान नम्बर यूके १७ लाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ।

अर्को ‘एक्स’ पोस्टमा डाइभर्ट गरिएको उडान नम्बर यूके १७ फ्र्याङ्कफर्ट एयरपोर्टबाट उडेको र छिट्टै लन्डन पुग्ने बताएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार बिहान 'भिस्टारा 'का प्रवक्ताले उडान फ्र्याङ्कफर्ट एयरपोर्टमा सुरक्षित अवतरण भएको र अनिवार्य जाँच भइरहेको बताएका थिए। सुरक्षा निकायबाट स्वीकृति पाएपछि विमान लन्डन प्रस्थान गर्नेछ।

प्रवक्ताले भने- १८ अक्टोबर २०२४ मा दिल्लीबाट लन्डनका लागि उडान गर्ने तालिकाको भिस्टारा उडान यूके१७ लाई सामाजिक सञ्जालबाट सुरक्षा खतरा प्राप्त भयो। प्रोटोकलअनुसार सबै सम्बन्धित अधिकारीलाई तुरुन्तै सूचित गरिएको थियो र सावधानीका रूपमा पाइलटहरूले उडान फ्र्याङ्कफर्टमा डाइभर्ट गर्ने निर्णय गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad