भारतस्थित राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको छ।
हत्याको जिम्मेवारी लिने गिरोहका नेता लरेन्स बिश्नोईको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओमा लरेन्स बिश्नोई जेलमा बसेर आफ्नो मोबाइलमा पाकिस्तानी ग्याङ्स्टरसँग भिडिओ कलमा कुरा गरिरहेको देखिन्छ।
अहिले जेल प्रशासनले बिश्नोईलाई मोबाइल उपलब्ध गराएको आरोप जनताले लगाइरहेका छन्।
यस वर्षको जुन महिनामा १९ सेकेन्डको भिडिओ भाइरल भएको थियो, जसमा जेलमा रहेका लरेन्स बिश्नोई पाकिस्तानमा रहेका ग्याङ्स्टर शहजाद भट्टीसँग भिडिओ कलमा कुरा गरिरहेका छन्।
सिद्दिकीको हत्यामा बिश्नोईको नाम जोडिएपछि अहिले मानिसहरूले यो भिडिओलाई उद्धृत गर्दै जेल प्रशासनले बिश्नोईलाई मोबाइल फोनको सुविधा दिएको आरोप लगाएका छन्।
हेर्नुहोस् त्यो कुराकानीको भिडिओ-
🛑 Earlier, notorious gangster Lawrence Bishnoi murdered Punjabi singer Sidhu Moosewala.
— Bikram Singh Majithia (@bsmajithia) June 18, 2024
🛑 Recently, Bishnoi wished Pakistani gangster Shahzad Bhatti on Eid from Gujarat Jail, demonstrating his ability to operate freely behind bars.
👉 Despite giving a live interview from… pic.twitter.com/FJb9zPXvtG
Shares

प्रतिक्रिया