भारतमा अजित पवार नेतृत्वको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा पूर्वविधायक बाबा सिद्दिकीको आज अर्थात् आइतबार राति अन्त्येष्टि गरिने भएको छ।
यो जानकारी बाबा सिद्दिकीका छोरा तथा विधायक जिशान सिद्दिकीले ‘एक्स’ पोस्टमार्फत दिएका हुन्।
उनले लेखेका छन्, ‘धेरै दुःखका साथ हामी तपाईंलाई सूचित गर्दछौँ कि हाम्रा प्रिय बाबा सिद्दिकी, विधायक जिशान बाबा सिद्दीकी र डा. अर्शिया सिद्दिकीका पिता तथा शाहजिन सिद्दिकीका पतिको निधन भएको छ।’
उनले जानकारी दिँदै लेखेका छन्, ‘आज, १३ अक्टोबर आइतबार, साँझ ७ बजे मकबा हाइट्स, १५ए, पाली रोड, पाली नाका, बान्द्रामा नमाज-ए-जनाजा हुनेछ। उहाँको पार्थिव शरीरलाई आज राति ८:३० बजे मरिन लाइन्स स्टेसनअगाडि रहेको बडा कब्रिस्तानमा अन्त्येष्टि गरिने छ।’
129
Shares

प्रतिक्रिया