ग्लोबल


हवाईजहाज बनाउने कम्पनी बोइङले १० प्रतिशत कर्मचारी हटाउने, १७ हजार जनाले जागिर गुमाउने

हवाईजहाज बनाउने कम्पनी बोइङले १० प्रतिशत कर्मचारी हटाउने, १७ हजार जनाले जागिर गुमाउने

नेपालखबर
असोज २६, २०८१ शनिबार ८:३२, काठमाडौँ

हवाईजहाज निर्माण कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको छ।

बीबीसीका अनुसार कम्पनीको यो निर्णयका कारण झन्डै १७ हजार कर्मचारीले जागिर गुमाउने छन्।

बोइङको यो निर्णयले यसको उत्पादनमा पनि ढिलाइ हुनेछ।

वास्तवमा कम्पनीले हाल व्यवसायसँग सम्बन्धित धेरै समस्याको सामना गरिरहेको छ।

बोइङकी प्रमुख कार्यकारी केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यकारी, व्यवस्थापक र कर्मचारीको जागिर जोखिममा रहेको बताएकी छन्।

बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यवसायमा घाटा हुने चेतावनी पनि दिएको छ। साथै, कम्पनीले आफ्नो नयाँ प्लेन ७७७एक्सको डेलिभरी मिति पनि थपेको छ।

बोइङले कर्मचारी हडताल र आफ्ना विमानहरूको गुणस्तरसँग सम्बन्धित समस्याहरूको पनि सामना गरिरहेको छ।

कम्पनीका प्रमुख कार्यकारी ओर्टबर्गले पनि आफ्नो इमेलमा कम्पनीले आगामी महिनामा कर्मचारी हटाउने क्रम जारी राख्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad