तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्यो।
खुसीको कुरा- विमान सुरक्षित अवतरण भयो। यसमा १ सय ४० यात्रु थिए। केही घण्टा आकाशमा उडेपछि विमान सुरक्षित अवतरण भयो।
शारजाहका लागि उडेको आईएक्स६१३ ले उडान भरेको केही समयपछि पाइलटले प्राविधिक गडबडी पत्ता लगाएपछि आपतकालीन घोषणा गरेका थिए।
विमानले त्रिची एयरफिल्डमा एक घण्टाभन्दा बढी उडान भरेको थियो। विमानलाई सुरक्षित अवतरण गराउन पहिले हावामा डिफ्युल गर्ने प्रक्रियाबाट गुज्रनुपर्थ्यो।
यसअघि विमानस्थलका निर्देशक गोपालकृष्णनले विमानमा रहेको इन्धन कम गरी सुरक्षित अवतरण गर्न सकियोस् भनेर त्रिची विमानस्थलमा विमान परिक्रमा गरिरहेको बताए।
सुरक्षाका लागि विमानस्थलमा २० भन्दा बढी एम्बुलेन्स र दमकल तैनाथ गरिएको थियो। कुनै पनि सम्भावित दुर्घटनाको सामना गर्न आकस्मिक सेवाहरू पूर्ण रूपमा तयार थिए।
हेर्नुहोस् भिडिओ-
तिरुचिरापल्ली से शारजाह जाने वाली #AirIndia Express Flight IX 613 सुरक्षित तरीके से #Tiruchirapalli एयरपोर्ट पर लैंड कर गई है।
— आकाशवाणी समाचार (@AIRNewsHindi) October 11, 2024
विमान में hydraulic सिस्टम में खराबी आने के बाद #TrichyAirport पर आपातकालीन लैंडिंग की गई।
अधिक जानकारी की प्रतीक्षा है... pic.twitter.com/eWmEEqi0Jf
Shares

प्रतिक्रिया