ad ad

ग्लोबल


राजस्थानको उदयपुरमा चितुवाको आतंक, २ साताभित्र ७ मानिस मारिए

राजस्थानको उदयपुरमा चितुवाको आतंक, २ साताभित्र ७ मानिस मारिए

चितुवा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका स्थानीय


नेपालखबर
असोज १९, २०८१ शनिबार २०:१५, काठमाडौँ

भारतीय राज्य राजस्थानको उदयपुर जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको गोगुण्डा थाना क्षेत्रका बासिन्दा चितुवाको आक्रमणले आतंकित भएका छन्। 

सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म यस क्षेत्रका विभिन्न गाउँमा चितुवाको आक्रमणबाट बालबालिका, महिला र वृद्धवृद्धासहित सात जनाको मृत्यु भइसकेको छ।

वन विभाग र प्रशासनले चितुवालाई नियन्त्रणमा लिन व्यापक अभियान थालेको छ भने उक्त क्षेत्रमा सेना र प्रहरीको टोली सार्प सुटरसहित खटिएका छन्। 

बढ्दो आक्रमणलाई ध्यानमा राख्दै अक्टोबर १ तारिख प्रदेशका प्रमुख मुख्य वन संरक्षक (पीसीसीएफ) पवनकुमार उपाध्यायले चितुवालाई गोली हान्न आदेश दिएका छन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .