ad ad

ग्लोबल


दक्षिणी लेबनानका ३० गाउँका मानिसलाई तुरुन्त घर छाड्न इजरायली सेनाको उर्दी

दक्षिणी लेबनानका ३० गाउँका मानिसलाई तुरुन्त घर छाड्न इजरायली सेनाको उर्दी

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १९:१८, काठमाडौँ

दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई इजरायली सेनाले तुरुन्तै आफ्नो घर छाड्न उर्दी जारी गरेको छ।

बीबीसीका अनुसार इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाडेर अवाली नदीको उत्तरतर्फ जान भनेका छन्।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोसल मिडिया प्लेटफर्म एक्समा जो कोही पनि हिजबुल्लाह र हतियारनजिक छ, उसले आफ्नो जीवनलाई खतरामा पारेको लेखेका छन्। 

उनले भनेका छन्- दक्षिणतर्फका कुनै पनि गतिविधिले तपाईको जीवनलाई खतरामा पार्न सक्छ।

यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .