ad ad

ग्लोबल


बंगलादेशका आईजीपीले भने- यहाँ दुर्गा पूजामा कुनै खतरा छैन

बंगलादेशका आईजीपीले भने- यहाँ दुर्गा पूजामा कुनै खतरा छैन

नेपालखबर
असोज १०, २०८१ बिहिबार २२:१३, काठमाडौँ

बंगलादेश प्रहरीले आफ्नो देशमा अर्को महिना हुने दुर्गा पूजामा कुनै सुरक्षा खतरा नरहेको जनाएको छ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै बंगलादेशका प्रहरी महानिरीक्षक (आईजीपी) मोइनुल इस्लामले आगामी दुर्गा पूजाका अवसरमा कुनै सुरक्षा खतरा नरहेको बताएका हुन्। 

आईजीपीले हिन्दु धर्म मान्नेले पूर्ण सुरक्षामा आफ्ना धार्मिक कार्यक्रम गर्न पाउने र प्रहरीले सुरक्षाको पूर्ण व्यवस्था गर्ने बताए।

आईजीपीले बंगलादेशमा सधैँ शान्तिपूर्ण रूपमा दुर्गा पूजाको पर्व मनाउने गरिएको र यसपटक पनि त्यस्तै हुने बताए।

उनले कुनै किसिमको आक्रमणको खतरा नरहेको तर प्रहरी पूर्ण रूपमा सजग रहने बताए।

आईजीपी भन्छन्- हामी सुरक्षामा सम्झौता गर्न चाहँदैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .