ad ad

कारोबार


सामसङको ‘भव्य दसैँ तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

सामसङको ‘भव्य दसैँ तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

नेपालखबर
असोज १, २०८१ मंगलबार १८:४४, काठमाडौँ

नजिकिँदै गरेको चाडर्वका अवसरमा सामसङले ‘भव्य दसैँ तिहार, घरभरी उपहार’ अफर ल्याएको छ।

आगामी कात्तिक ३० सम्म सञ्चालन हुने यो अफरमा ग्राहकलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभी तथा घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने सुविधा छ।

यस्तै, चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन्।

लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारहरू सहित क्यासब्याकहरू प्रदान गरेको छ।

क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्यो भन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले  पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन्।

यो लाभको फाइदा उठाउन वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी जडानको लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफै तिर्नु पर्नेछ।

आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्त्यन्डर्ड नियम र शर्तहरु पनि लागू हुनेछन्। साथै खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ।

यद्यपि यो वारेन्टी टिभी रिमोटहरूमा विस्तार गर्दैन। थप रूपमा, चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि विस्तारित छ। ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन्, र साथै विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन्।

यसबाहेक, ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन्।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनको डीआइटि मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकहरूलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्नेछ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ।

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ। थप रूपमा, ग्राहकहरूलाई अर्कोस्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ।

यो योजना सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स – हिम इलेक्ट्रोनिक्स प्रा लि र त्रिवेणी व्यापार प्रा लिका आधिकारिक वितरकहरूले नेपालभर उपलब्ध गराएको छ। यो योजना कार्तिक ३०, २०८१ सम्म मान्य रहने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .