ad ad

ग्लोबल


धरौटीमा जेलबाट छुटे केजरीवाल (भिडिओ)

धरौटीमा जेलबाट छुटे केजरीवाल (भिडिओ)

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार २०:२०, काठमाडौँ

भारतीय सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्।

दिल्लीको तिहाड जेलबाट बाहिर निस्केलगत्तै केजरीवालले नाम नलिई भाजपालाई निशाना बनाएका छन्।

उनले भने- यी मानिसहरूले मलाई जेलमा राखेर मेरो मनोबल तोड्ने सोचेका थिए। आज म जेलबाट छुटेको छु र मेरो हिम्मत सय गुणा बढेको छ।

सर्वोच्च अदालतले आजै बिहान १० लाख धरौटीमा केजरीवाललाई रिहा गर्न आदेश दिएको थियो। 

केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा यसै वर्ष मार्च २१ तारिख ईडीले गिरफ्तार गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमै रहँदा उनलाई सीबीआईले जुन २६ फेरि गिरफ्तार गरेको थियो, त्यसैले उनी जेलमै थिए।

यसमा पनि अहिले सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।

मुद्दा यस्तो

केजरीवाल नेतृत्वको दिल्ली सरकारले मार्च २०२१ मा नयाँ अन्तःशुल्क नीति अनुमोदन गरेको थियो।

जसमा सरकारी मदिरा पसल बन्द गर्नेदेखि मदिरा पिउने न्यूनतम उमेर २५ वर्षबाट २१ वर्षमा झार्नेसम्मका निर्णय थिए।

नयाँ अन्तःशुल्क नीति लागू भएपछि दिल्लीका सबै मदिरा पसल निजीको हातमा गयो। दिल्ली सरकारले यस व्यवसायबाट राजस्व बढ्ने तर्क गरेको थियो।

तर दिल्ली सरकारको यो नीति सुरुदेखि नै विवादमा थियो। आयात शुल्क हटाएर लाइसेन्सवालालाई अनुचित फाइदा दिएको आरोप छ। साथै दिल्ली सरकारले कमिसन लिएको आरोप पनि लागेको छ। यो पैसा पन्जाब  विधानसभा चुनावमा प्रयोग भएको दाबी गरिएको छ।

विवाद चर्किएपछि सरकारले नयाँ नीतिलाई अस्वीकार गर्दै २०२२ जुलाईमा फेरि पुरानै नीति लागू गरेको थियो।

जेलबाट निस्केपछिको सम्बोधन भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .