ad ad

ग्लोबल


राष्ट्रपतीय बहस : ह्यारिस आक्रामक, ट्रम्प रक्षात्मक (भिडिओ)

राष्ट्रपतीय बहस : ह्यारिस आक्रामक, ट्रम्प रक्षात्मक (भिडिओ)

बहसअघि हात मिलाउँदै डोनाल्ड ट्रम्प र कमला ह्यारिस


नेपालखबर
भदौ २६, २०८१ बुधबार ११:२९, काठमाडौँ

अमेरिकाका राष्ट्रपतिका उम्मेदवारद्वय पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच पहिलोपटक राष्ट्रपतीय बहस भएको छ। 

अमेरिकाको फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा स्थानीय समयानुसार राति ९ बजे सुरु भएको बहस ९० मिनेटसम्म चलेको थियो। 

‘द एबीसी न्युज प्रेसिडेन्सियल डिबेट’ नामको बहसमा ट्रम्प रक्षात्मक र ह्यारिस आक्रमक देखिएकी थिइन्। 

बहसमा ट्रम्प र ह्यारिसबीच मुद्रास्फीति, गर्भपतन र अध्यागमनका विषयमा चर्काचर्की परेको थियो। 

ट्रम्पले जनवरी ६ मा क्यापिटल हिलमा आक्रमण घटनाको बचाउ गरे भने आफूले २०२० को राष्ट्रपति चुनाव हारेको कुरा अस्वीकार गरे। 

ह्यारिसले ट्रम्पलाई आफ्नो जातीय पहिचानमा आक्रमण गरेको टिप्पणी गरिन्। 

उम्मेदवारहरूलाई प्रश्नको जवाफ दिन २ मिनेट, खण्डनका लागि २ मिनेट र फलोअप तथा स्पष्टीकरणका लागि थप १ मिनेट समय दिइएको थियो।

पोडियम प्लेसमेन्ट र अन्तिम बयानको क्रम निर्धारण गर्न एक सिक्का फ्लिप गरिएको थियो। ट्रम्पले भर्चुअल सिक्का टस जितेका थिए। जसअनुसार उनले अन्तिम समापन बयान दिएका थिए।

उम्मेदवारहरू बहसको अवधिभर आफ्नो पोडियमका पछाडि उभिएका थिए। बहसको सुरुमा भने उनीहरूले हात मिलाएका थिए।

उम्मेदवारहरूलाई स्टेजमा पूर्वलिखित नोट लान दिइएको थिएन। उनीहरूलाई विषय वा प्रश्न पहिले दिइएको थिएन।

एबीसीले अन्य टेलिभिजन नेटवर्कहरूलाई बहस प्रसारण गर्न अनुमति दिएको थियो।

यो बहसमा ह्यारिस र ट्रम्प पहिलोपटक आमनेसामने भएका हुन्। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .