ad ad

ग्लोबल


ट्रम्पको टिप्पणी- ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ

९० मिनेटको बहसमा ह्यारिस हावी, ट्रम्प रक्षात्मक
ट्रम्पको टिप्पणी- ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ

नेपालखबर
भदौ २६, २०८१ बुधबार १०:२४, काठमाडौँ

बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन्। 

'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट'को समापनमा ह्यारिसले अमेरिकाको भविष्यबारे आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन्।

ह्यारिसले भनिन्- मेरो ध्यान भविष्यमा छ भने ट्रम्प विगतमा अड्किएका छन्।

उता ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै उनले विगत चार वर्षमा (उपराष्ट्रपति भएर) केही हासिल गर्न नसकेको टिप्पणी गरे। 

ट्रम्पले भने- हाम्रो देश विनाशको बाटोमा छ, सारा संसार हामीलाई हेरेर हाँसिरहेको छ।

उनले थपे- ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ।

बीबीसीका अनुसार बहसमा ह्यारिस हावी भइन्। 

बहस बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई रक्षात्मक अवस्थामा जान बाध्य पारिन्। ट्रम्प ह्यारिसको आलोचना खेप्न र आरोपको जवाफ दिन बाध्य भए। ह्यारिसले ट्रम्पलाई 'कमजोर' भनिन्। 

ह्यारिसले भनिन्- विदेशी नेताहरू उनलाई देखेर हाँस्छन्। ट्रम्पको र्‍यालीमा मानिसहरू दिक्क लागेर बीचमै हिँड्छन्। 

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ। जसमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .