अमेरिकामा यसै वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच एबीसी राष्ट्रपतिको बहस सुरु भएको छ।
‘एबीसी न्युज प्रेसिडेन्सियल बहसू लगभग ९० मिनेटको हुनेछ।
नेपाली समयअनुसार आज बिहान साढे ६ बजेतिर सुरु भएको यो बहस बिहान ८ बजेसम्म चल्नेछ।
राष्ट्रपतिको बहसका लागि केही नियम पनि बनाइएको छ।
यस नियमअनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुईपटक विश्राम लिनेछन्।
बहसका लागि कुनै पूर्वनोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन।
बहस अघि टस भएको छ, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लागेको छ।
यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिम बोल्नेछन्।
87
Shares
प्रतिक्रिया