ad ad

ग्लोबल


इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु, ३६ घाइते

इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु, ३६  घाइते

इजरायलले सिरियामा हवाई हमला गरेको छ।


नेपालखबर
भदौ २५, २०८१ मंगलबार ७:२५, काठमाडौँ

इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ। जसमध्ये ६ जना गम्भीर घाइते छन्।

बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै प्रतिक्रिया नदिने बताएको छ।

सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ।

इरानले के भन्यो?
इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ।

इजरायलले पछिल्ला केही वर्षमा सिरियामा आक्रमण गरेको कुरा धेरैपटक स्वीकार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .