ad ad

ग्लोबल


भारतमा पनि भेटियो मंकीपक्सका शंकास्पद बिरामी, राखियो आइसोलेसनमा

भारतमा पनि भेटियो मंकीपक्सका शंकास्पद बिरामी, राखियो आइसोलेसनमा

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार १७:२१, काठमाडौँ

विश्वका धेरै देश यतिबेला मंकीपक्स (एमपक्स) संक्रमणको सामना गरिरहेका छन्। अफ्रिकी मुलुकबाट सुरु भएको यो भाइरल संक्रमण अमेरिका–बेलायतलगायत एसियाका धेरै देशमा फैलिँदै गएको छ। 

यसैबीच भारतमा पनि एकजना मंकीपक्सका शंकास्पद बिरामी भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो। तर शंकास्पद बिरामीबारे धेरै जानकारी दिइएको छैन। 

ती व्यक्तिले हालै मंकीपक्स संक्रमणबाट पीडित देशको यात्रा गरेको मन्त्रालयले जनाएको छ। हाल उनी मंकीपक्सका लागि तोकिएको अस्पतालमा आइसोलेसनमा छन्।

हाल शंकास्पद बिरामीको अवस्था स्थिर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंकीपक्स हो÷होइन निर्क्यौल गर्न बिरामीको नमुना परीक्षण गरिँदै छ। 

मंकीपक्सबाट मध्य र पश्चिमी अफ्रिकाका देशहरू सबैभन्दा बढी प्रभावित छन्। कंगोमा हालसम्म १८ हजारभन्दा बढी शंकास्पद घटना रिपोर्ट गरिएका छन् भने कम्तीमा ६१० जनाको ज्यान गएको छ।

हालैका रिपोर्टअनुसार छिमेकी देश पाकिस्तानमा संक्रमणको पाँचौँ घटना प्रकाशमा आएको छ।

मंकीपक्स धेरै अवस्थामा गम्भीर र घातक मानिने भएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ। मंकीपक्सको बढ्दो खतरालाई ध्यानमा राख्दै भारतमा पनि अलर्ट जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .