ad ad

समाज


ललितपुरबाट चोरीका सामानसहित तीन व्यक्ति पक्राउ, एकजना फरार

ललितपुरबाट चोरीका सामानसहित तीन व्यक्ति पक्राउ, एकजना फरार

नेपालखबर
भदौ २३, २०८१ आइतबार १७:३९, काठमाडौँ

ललितपुर उपमहानगरपालिका–१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट गएको साउन २९ गते विभिन्न सामान चोरी गर्ने तीन व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने वर्ष ३३ को प्रकाश भन्ने विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भई हाल कपन बस्ने वर्ष २८ को  गुन्दाश भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ घर भई हाल बालाजु बस्ने वर्ष ३२ को डम्मलाल पाध्याय रहेका छन्।

उक्त घटनामा संलग्न एक जना फरार रहेको र निजको खोजी कार्य भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले आईफोन१५ थान–२, सामसुङ कम्पनीको मोबाइल सेट थान–२, एप्पल कम्पनीको ल्यापटप थान–१, गेम बक्स थान–१, २ तोला दरको सुनको सिक्री थान–२ चोरी गरेको प्रहरीका आरोप छ।

साथै, चोरी कार्यमा प्रयोग गरेको बा ६९ प २८४७ नम्बरको २२० सीसीको कालोरातो रंगको पल्सर मोटरसाइकल, र बा ७५ प ६३१९ नम्बरको २०० सीसीको एनएस पल्सर पनि प्रहरीले बरामद गरेको छ।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूमाथि आवश्यक कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .