ad ad

ग्लोबल


इरान र अमेरिकाको चेपुवामा पाकिस्तान: ग्यास पाइपलाइन परियोजना अघि नबढाऊँ जरिवाना, बढाऊँ प्रतिबन्धको चेतावनी

इरान र अमेरिकाको चेपुवामा पाकिस्तान: ग्यास पाइपलाइन परियोजना अघि नबढाऊँ जरिवाना, बढाऊँ प्रतिबन्धको चेतावनी

नेपालखबर
भदौ १९, २०८१ बुधबार १७:४१, काठमाडौँ

इरानले ग्यास पाइपलाइन परियोजना पूरा नगरेको भन्दै पाकिस्तानलाई जरिवाना लगाउने चेतावनी दिएको छ।

अर्कातर्फ अमेरिकाले पाकिस्तानले यो परियोजना अगाडि बढाएमा परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

पाकिस्तानी पत्रकार जहानजाइब अलीले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधेका थिए, ‘इरानले ग्यास पाइपलाइन परियोजना पूरा नगरेकामा पाकिस्तानलाई १८ अर्ब डलर जरिवाना गर्ने धम्की दिएको छ। उता अमेरिकाले पाकिस्तानलाई परियोजना अगाडि बढाए प्रतिबन्धको धम्की दिएको छ। पाकिस्तानले यो परियोजना पूरा गर्न प्रतिबन्धबाट छुट मागेको छ। यसमा तपाईंको टिप्पणी के छ?’

जवाफमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामी इरानविरुद्ध प्रतिबन्ध लागू गर्न दबाब कायम राख्नेछौँ। र, हामी जो ऊसँग व्यापार गर्ने सोच बनाइरहेका छन्, तिनलाई उक्त सम्झौताको सम्भावित परिणामबारे सचेत हुन सल्लाह दिन्छौँ।’

उनले थपे, ‘तर अर्कातर्फ इन्धन अभावको समस्यामा पाकिस्तानलाई सहयोग गर्नु अमेरिकाको प्राथमिकता हो । र हामी इन्धन सुरक्षाबारे पाकिस्तान सरकारसँग वार्ता जारी राख्नेछौँ।’

पाकिस्तान र इरानबीचको साढे सात अर्ब डलरको ग्यास पाइपलाइन परियोजना २०१३ मा पाकिस्तान पिपुल्स पार्टीको शासनकालको अन्तिम दिनमा तत्कालीन पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले इरान भ्रमण गर्दा उद्घाटन गरेका थिए।

सुरुमा यो परियोजनालाई पाकिस्तानी अधिकारीहरूले निकै महत्त्वपूर्ण भन्दै यसलाई पाकिस्तानको ऊर्जा संकट समाधानका रूपमा व्याख्या गरेका थिए।

तर यो आयोजना उद्घाटन भएको केही समयपछि नै इरानविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका कारण यो अवरुद्ध भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .