भारतीय राज्य उत्तर प्रदेशमा ब्वाँसाको आक्रमण बढ्दै गएपछि सरकारले गोली हान्न आदेश जारी गरेको छ।
प्रमुख वन संरक्षक (वन्यजन्तु) ले जारी गरेको आदेशमा पछिल्लो दुई महिनामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको उल्लेख छ।
यो घटना उत्तर प्रदेशको बहराइच जिल्लामा भएको हो।
हिंस्रक ब्वाँसाको आक्रमणले स्थानीयमा त्रास फैलिएको छ।
ब्वाँसाको पक्रिन नसकेपछि अहिले ‘मार्ने आदेश’ दिइएको हो।
यसका लागि तीनजना सशस्त्र प्रहरी खटाइएको छ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ११ (१) ए द्वारा प्रदत्त अधिकारको प्रयोगमा यो आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ।
69
Shares
प्रतिक्रिया