ad ad

ग्लोबल


अन्तर्राष्ट्रिय अदालतको गिरफ्तारी वारेन्टबीच मंगोलिया पुगे पुटिन

अन्तर्राष्ट्रिय अदालतको गिरफ्तारी वारेन्टबीच मंगोलिया पुगे पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगोलिया पुगेका छन्। तस्बिर : ईपीए


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १८:१३, काठमाडौँ

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगोलिया पुगेका छन्।

राष्ट्रपति उख्नागिन खुरेलसुखले पुटिनलाई देशको राजधानी उलानबाटारमा स्वागत गरेका छन्।

मार्च २०२३ मा आईसीसीले पुटिनको गिरफ्तारीका लागि वारेन्ट जारी गरेको थियो।

अदालतले युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको बताएको छ।

बीबीसीका अनुसार आईसीसी प्रवक्ता डा. फादी अल-अब्दल्लाहले हालै भनेका थिए, ‘अदालत आफ्नो आदेश पालनाका लागि मंगोलियालगायत सदस्य राष्ट्रमा निर्भर गर्दछ। आईसीसीका अन्य सदस्य राष्ट्रजस्तै मंगोलियाको पनि यसमा सहयोग गर्नु दायित्व हो।’

रुसले भने पुटिनलाई लगाइएको आरोप अस्वीकार गरिरहेको छ।

आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .