ad ad

कारोबार


स्मार्ट च्वाइसले ल्यायो पर्वलक्षित अफर ‘तिर्की दाउ’, ७७७ रुपैयाँसम्म ‘क्यास ब्याक’

स्मार्ट च्वाइसले ल्यायो पर्वलक्षित अफर ‘तिर्की दाउ’, ७७७ रुपैयाँसम्म ‘क्यास ब्याक’

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १८:१४, काठमाडौँ

तीज, बडादसैँ तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउ : ट्रायल अफर’ सार्वजनिक गरेको छ।  

यस, अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पस मेसिनमार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

हालसम्म एसीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको उक्त डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।  

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु क्ऋत् को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .