भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गराइएको अधिकारीहरूले बताएका छन्।
मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको हो।
अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दलका सदस्यलाई अवतरण गराई विमानको विस्तृत जाँच गरिएको थियो। टोलीले विमानभित्र कुनै शंकास्पद वस्तु फेला पारेन।
उक्त घटना दिल्लीलगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालहरूमा पठाइएको बम धम्कीको शृंखलामध्ये सबैभन्दा नयाँ छ।
गत जुनमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो। रासस/सिन्ह्वा
Shares
प्रतिक्रिया