ad ad

ग्लोबल


नर्वेकी राजकुमारीले गरिन् अमेरिकी धामीसँग विवाह

नर्वेकी राजकुमारीले गरिन् अमेरिकी धामीसँग विवाह

नेपालखबर
भदौ १६, २०८१ आइतबार १४:५९,

नर्वेकी राजकुमारी मार्था लुइले अमेरिकी धामी दुरेक वेरेटसँग विवाह गरेकी छन्। उनको विवाहलाई लिएर नर्वेमा जनमत विभाजित छ।

पश्चिमी नर्वेमा उनीहरूले शनिबार दुई दिने समारोहमा विवाह गरेका हुन्।

शाही परिवारको सदस्यहरूको विवाहमा जस्तो उनीहरूको विवाहमा ठूलो भीड उपस्थित थिएन। केही मान्छेहरू मात्र हेर्नलाई जम्मा भएका थिए। 

उनीहरूको विवाहको तस्बिरको राइट हेलो म्यागजिन र डकुमेन्ट्रीको राइट नेटफ्लिक्सलाई दिइएकाले अन्य सञ्चारमाध्यमलाई पनि समारोहमा रोक लगाइएको थियो।

उनका बुवाआमा राजा ह्यारल्ड र रानी सोन्या पनि समारोहमा उपस्थित थिए। 

लेखक अरी बेनसँगको उनको अघिल्लो विवाहबाट जन्मेका तीन छोरी पनि समारोहमा थिए। 

५२ वर्षीया मार्था यो विवाहपछि राजकुमारी रहने छैनन्। २०२२ मा दरबारले नै मार्थाले आफ्नो भूमिका छाड्ने निर्णय लिएको बताएको थियो।

मार्थाले आफू भविष्यद्रष्टा भएको दाबी गरेकी थिइन्। वेरेटले पनि आफ्नो परिवार ६ पुस्तादेखि धामी रहँदै आएको बताएका छन्। एकपटक उनले आफू चार मिनेट २५ सेकेन्डका लागि मरेको दाबी पनि गरेका छन्। 

‘मैले अर्कोपट्टिको सारा सूचना पाएँ। अनि फर्केर आएँ,’ उनले न्युयोर्क टाइम्ससँग भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .