ग्लोबल


गुजरातमा बाढीले विनाश, २८ जनाको मृत्यु, हजारौँ घरबारविहीन

गुजरातमा बाढीले विनाश, २८ जनाको मृत्यु, हजारौँ घरबारविहीन

वडोदराको नरहरि अस्पतालबाट बिरामीलाई काँधमा बोकेर उद्धार गर्दै प्रहरी।


नेपालखबर
भदौ १३, २०८१ बिहिबार १०:५९, काठमाडौँ

भारतीय राज्य गुजरातमा अविरल वर्षाका कारण धेरै क्षेत्र जलमग्न र बाढीमय भएका छन्। 

बीबीसी हिन्दीका अनुसार सौराष्ट्र र मध्य गुजरातमा धेरै गाउँ तथा सहर डुबानमा परेका छन्।

बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै ठाउँमा पानी जमेको छ, अवस्था नाजुक छ।

वडोदरामा विश्वामित्री नदीको पानी पसेपछि सुरक्षित स्थानतर्फ सर्दै स्थानीय।

प्रदेश सरकारले बुधबार राहत र उद्धारका लागि सेना बोलाएको जनाएको छ।

स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी जमेको बताएका छन्। 

मोरबीको मलिया गाउँमा  डुबानमा परेको घर।

हिन्दुस्तान टाइम्सका अनुसार गुजरातमा भारी वर्षा र बाढीका कारण २८ जनाको ज्यान गइसकेको छ भने झन्डै ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनभित्र १६ जनाको मृत्यु भएको छ।

गुजरातको सौराष्ट्रमा विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ।

अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad