ad ad

ग्लोबल


इजरायलले लेबनानमा गरेको आक्रमणमा ३ जनाको मृत्यु

इजरायलले लेबनानमा गरेको आक्रमणमा ३ जनाको मृत्यु

नेपालखबर
भदौ ९, २०८१ आइतबार १५:१, काठमाडौँ

लेबनानको स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ।

इजरायलले लेबनानमा हिजबुल्लाहको स्थानलाई लक्ष्य गरी आक्रमण गरेको छ।

लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक छुट्टै विज्ञप्तिमा लेबनानी स्वास्थ्य मन्त्रालयले टिरी गाउँमा इजरायलले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ।

यसबारे थप जानकारी दिइएको छैन।

यसअघि हिजबुल्लाहले आक्रमणमा शिया अमल आन्दोलनका एक लडाकुको मृत्यु भएको पुष्टि गरेको थियो।

हिजबुल्लाह र इजरायलबीच अहिले तनाव बढ्दै गएको छ।

इजरायलले हिजबुल्लाहका धेरै स्थानहरूलाई लक्ष्य गरी हवाई हमला गरेको छ।

तर हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .