इजरायली सेनाले गाजापट्टीमा ६ जना बन्धकको शव फेला पारेको जनाएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गरी यागेव बुस्टाब, अलेक्ज्यान्डर डान्सिग, अब्राहम मन्डर, योराम मेट्जगर, हाइम पेरी र बेलायती-इजरायली नादाभ पोपलवेलको शव सोमबार खान युनिसमा फेला पारेको जानकारी दिएको हो।
इजरायलले यसअघि नै पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो। तर अब्राहम मन्डर जीवित रहेको विश्वास गरिएको थियो।
आईडीएफले सुरक्षा निकाय सिन बेटसँगको सहकार्यमा यो कार्य गरेको हो।
बन्धकका परिवारहरूको एक फोरमका अनुसार जसको शव बरामद भए, ती मानिसलाई हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो र उनीहरूलाई गाजा लगेको थियो।
आईडीएफले हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका परिवारसँग बाँकी १०९ बन्धकलाई वार्ताबाट मात्रै फर्काउन सकिने बताएको छ।
Shares

प्रतिक्रिया