ग्लोबल


आजदेखि चुनावी अभियानमा बाइडेन र ह्यारिस सँगसँगै

आजदेखि चुनावी अभियानमा बाइडेन र ह्यारिस सँगसँगै

फाइल तस्बिर : कमला ह्यारिस र जो बाइडेन


रासस/एएफपी
साउन ३१, २०८१ बिहिबार १४:७, वासिङ्टन

 अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्वघोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिकोे संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन्। 

उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट वासिङ्टन नजिकैको मेरिल्यान्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो।

बाइडेनले बुधबारको  घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदम चाल्ने बताएका छन्। 

उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम छ।

यसैबीच रिपब्लिकनका उम्मेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गरेका छन्।

अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महँगी वृद्धिलगायतका अलोकप्रिय मुद्दाबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख छ।

अर्कातर्फ फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन्।

यद्यपि जनविश्वास दर ह्यारिसका पक्षमा ४२ प्रतिशत र ट्रम्पका पक्षमा ४१ छ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मूल्यवृद्धि नियन्त्रणलाई आत्मसात् गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ।

ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताएका छन्। 

बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिति संयमता पूर्वक अगाडि बढ्ने समय भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad