इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरूले लेबनान र इरानमा भइरहेका घटनालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
इजरायली रक्षामन्त्री गालान्टले इजरायली रक्षा बल र गुप्तचर एजेन्सी कुनै पनि खतराबाट बच्न दिनरात नभनी २४ घण्टा काम गरिरहेको बताए।
उनले भने, ‘साथै हाम्रो सेनाले आक्रमणका विभिन्न विकल्प तयार राखेको छ। ताकि हामी जतिबेला जहाँ चाहन्छौँ त्यहाँ आक्रमण गर्न सकौँ।’
धन्यवाद दिँदै उनले आफ्ना सेनालाई भने, ‘तयार हुनुहोस् र आफ्नो कमान्डरको निर्देशन पालना गर्नुहोस्।’
गत महिना इरानको राजधानी तेहरानमा भएको आक्रमणमा हमासका शीर्ष नेता इस्माइल हानिया मारिएका थिए।
त्यसमा इरानले इजरायलको संलग्नता रहेको जिकिर गरिरहेको छ। तर इजरायलले यस विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले भने हानियाको हत्याको बदला लिनु इरानको सर्वोच्च कर्तव्य भएको बताएका छन्।
त्यसबेलादेखि इरानले इजरायलमा आक्रमण गर्ने डर छ। बीबीसी
Shares

प्रतिक्रिया