ग्लोबल


अस्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोकिँदा पाइलटको मृत्यु (भिडिओ)

अस्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोकिँदा पाइलटको मृत्यु (भिडिओ)

होटलमा हेलिकप्टर ठोकिँदा भएको आगलागीको दृश्य


नेपालखबर
साउन २८, २०८१ सोमबार १२:४४, काठमाडौँ

अस्ट्रेलियास्थित क्विन्सल्यान्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार सोमबार बिहान हिल्टन होटलको डबलट्रीमा हेलिकप्टर ठोकिएको हो।

क्विन्सल्यान्ड प्रहरीले हेलिकप्टरमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ। हेलिकप्टर चार्टर गर्ने कम्पनीले पाइलट ‘अनधिकृत’ उडानमा रहेको बताएको छ।

होटलको छतमा हेलिकप्टर ठोकिँदा भएको आगलागीका कारण सयौँ पाहुनालाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनालाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो।

केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेको बताएकी छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad