ad ad

ग्लोबल


युक्रेनी सेना भन्छ- हामीले रातभर रुसका ५३ ड्रोन खसाल्यौँ

युक्रेनी सेना भन्छ- हामीले रातभर रुसका ५३ ड्रोन खसाल्यौँ

सांकेतिक तस्बिर


नेपालखबर
साउन २७, २०८१ आइतबार १८:२७, काठमाडौँ

युक्रेनको सेनाले रातभर रुसले प्रहार गरेका ५७ ड्रोनमध्ये ५३ वटा खसालिएको दाबी गरेको छ।

रुसी सेनाको टेलिग्राम अकाउन्टमा गरिएको पोस्टअनुसार ओडेसा, किभ, सुमी र चर्कासीजस्ता क्षेत्रमा ड्रोन खसालिएका हुन्।

युक्रेनी सेनाले रुसी आक्रमणमा उत्तर कोरियाका चारवटा मिसाइल प्रयोग भएको दाबी पनि गरेको छ। तर यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ। 

युक्रेनी सेनाले आक्रमणमा प्रयोग गरिएका चारवटा क्षेप्यास्त्र के गरियो भन्ने पनि बताएको छैन।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले किभको पूर्वी भागमा राति भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .