ad ad

ग्लोबल


हसिनाका छोरा भन्छन्: मेरी आमाले राजीनामा दिनै भ्याउनु भएन, त्यसैले अझै उहाँ प्रधानमन्त्री!

हसिनाका छोरा भन्छन्: मेरी आमाले राजीनामा दिनै भ्याउनु भएन, त्यसैले अझै उहाँ प्रधानमन्त्री!

फाइल फाेटाे : शेख हसिना र उनका छोरा सजीव वाजेद


नेपालखबर
साउन २६, २०८१ शनिबार ९:५३, काठमाडौँ

विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेश छाडेर भारत भागेकी शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिक रूपमा राजीनामा नदिएको दाबी गरेका छन्। 

अमेरिकाको वासिङ्टनबाट वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा दिइनसकेको र संविधानअनुसार उनी अझै प्रधानमन्त्री रहेको दाबी गरेका हुन्। 

‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन। त्यसका लागि उहाँले समय नै पाउनुभएन’, वाजेदले भने, ‘उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो। तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्‍याली गर्न थाले। उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन।’ 

उनको जिकिर छ, ‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ।’

राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनी दिएका छन्।

यसैबीच उनले आगामी चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने बताए। 

‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। त्यसो हुन नसके हामी विपक्षी दल बन्नेछौँ’, उनले भने।

अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त भन्ने प्रश्नमा वाजेदले भने, ‘यसै पनि मेरी आमा यही कार्यकालपछि विश्राम लिने तयारीमा हुनुहुन्थ्यो। यदि पार्टीले चाहेमा त सायद। यस विषयमा म पक्कै विचार गर्नेछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .