ad ad

ग्लोबल


ब्राजिलमा ६२ जना बोकेको विमान दुर्घटना

ब्राजिलमा ६२ जना बोकेको विमान दुर्घटना

यस्तै विमान दुर्घटना भएको हो (फाइल तस्बिर)


नेपालखबर
साउन २६, २०८१ शनिबार ७:२३, काठमाडौँ

ब्राजिलको साओ पाउलोमा शुक्रबार ५८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान दुर्घटना भएको छ।

भिन्हेडो सहरनजिकै रहेको भ्यालिनोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्।

भोएपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

तर यो शुक्रबार स्थानीय समयअनुसार शुक्रबार दिउँसो भिन्हेडो सहरमा दुर्घटना भएको बीबीसीले जनाएको छ। 

दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन्। 

सामाजिक सञ्जालमा पोस्ट गरिएका धेरै भिडिओ फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ।

स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्।

घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .