ad ad

ग्लोबल


फ्रान्सले पनि आफ्ना नागरिकलाई भन्यो- तत्काल लेबनान छाड्नू

फ्रान्सले पनि आफ्ना नागरिकलाई भन्यो- तत्काल लेबनान छाड्नू

रासस/एएफपी
साउन २०, २०८१ आइतबार २१:३०, पेरिस

इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ।

“लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षित गराउन चाहन्छौँ र उनीहरूलाई तत्काल लेबनान छाड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ,” लेबनानका लागि यात्रा सूचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ। 

फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो।

फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिक लेबनान भ्रमण गरिरहेका थिए। 

स्विडेनले पनि बेरुतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेको छ।

मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरूले हमासको राजनीतिक नेताको हत्याका लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो। 

तेहरानले पनि हमास र लेबनानसँग सम्बद्ध इरान समर्थित लडाकू समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधबार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .