युक्रेनले एफ–१६ लडाकु विमान प्राप्त गरेको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका छन्।
‘एफ–१६ युक्रेन आइपुग्यो। हामीले ल्याइछाड्यौँ,’ जेलेन्स्कीले गुप्त स्थानमा जेटका अगाडि आयोजित समारोहमा भने।
१८ महिनाको प्रतीक्षापछि सो लडाकु विमान प्राप्त गर्नमा सहयोग गरेको भन्दै उनले डेनमार्क, नेदरल्यान्ड्स र अमेरिकालाई धन्यवाद दिए। तर, थप विमानको आवश्यकता भएको उनको भनाइ छ।
नयाँ विमानले युक्रेनको पुरानो वायु सेना र हवाई प्रतिरक्षामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर, जेलेन्स्कीले कतिवटा विमान आइपुगेको हो, खुलाएनन्। नेटो मुलुकहरुले युक्रेनलाई करिब ६५ वटा एफ–१६ दिने वाचा गरेका छन्।
एफ–१६ १९७८ मा निर्माण भएको विमान हो। पुरानो भएकाले थुप्रै पश्चिमा मुलुकहरु यसलाई सेवाबाट हटाउने तयारीमा छन्। पछिल्लो समय एफ–३५ ले त्यसलाई विस्थापित गर्दैछन्।
तर, यो विमानलाई रुसी आक्रमणबाट बचाउन युक्रेनलाई कठिन पर्नसक्ने कतिपयको विश्लेषण छ। एजेन्सी
Shares
प्रतिक्रिया