ad ad

ग्लोबल


हानियाको हत्यापछि पश्चिम एसियामा तनाव, एयर इन्डियाद्वारा इजरायल उडान स्थगन

हानियाको हत्यापछि पश्चिम एसियामा तनाव, एयर इन्डियाद्वारा इजरायल उडान स्थगन

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १४:१७, काठमाडौँ

इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ। 

पश्चिम एसियालाई पश्चिमी जगत्‌ले 'मध्यपूर्व' भन्ने गरेको छ।

इरानले हानिया हत्याको बदला लिन इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएको छ। इजरायल उच्च सतर्कतामा छ। 

यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एअर इन्डियाले भारत र इजरायलको राजधानी तेल अभिभवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ।

एअर इन्डियाले ८ अगस्टसम्मका लागि सेवा बन्द गरेको हो। 

एअर इन्डियाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अभिभमा प्रस्तावित उडान स्थगन गर्ने निर्णय गरेका छौँ। तेल अभिभ जाने र उताबाट यता आउने एअरलाइन्सहरू २०२४ अगस्ट ८ सम्मका लागि रोक्का गरिएको छ। हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौँ।’

यस्तै एअर इन्डियाले सामाजिक सञ्जालमार्फत यस अवधिमा टिकट बुक गरेका यात्रुहरूले फेरि टिकट बुक गरेमा एकपटक छुट र रद्द शुल्कबाट राहत दिइने जनाएको छ। 

एअर इन्डियाले लेखेको छ, ‘हाम्रा यात्रुहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। थप जानकारीका लागि तपाईंले हामीलाई ०११६९३२९३३/०११–६९३२९९९९ मा फोन गर्न सक्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .