ad ad

ग्लोबल


ब्यांककको पाँचतारे होटलमा ६ जना मृत फेला

ब्यांककको पाँचतारे होटलमा ६ जना मृत फेला

नेपालखबर
साउन १, २०८१ मंगलबार २०:४०,

थाइल्यान्डको राजधानी ब्यांककस्थिति एक होटलेमा ६ जना मानिस मृत फेला परेका छन्। मृतक सबै भियतनामी–अमेरिकी नागरिक रहेको एक सरकारी प्रवक्ताले जानकारी दिएका छन्।

ब्यांककको पाँच तारे ग्य्रान्ड ह्यात एरावन होटलमा गोली चलेको खबरहरु स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएका थिए। तर, प्रहरीले गोली चलेको कुनै प्रमाण फेला नपरेको भन्दै ती रिपोर्टहरुलाई खारेज गरिदिएको छ।

अहिले स्थानीय सञ्चारमाध्यमले ती मृतकहरुलाई विष खुवाइएको हुनसक्ने समाचार छाप्न थालेका छन्। तर, त्यो खबर पनि प्रहरीले पुष्टि गरेको छैन।

सो घटनाबारे छानबिन गर्न प्रधानमन्त्री स्रेत्था थाविसिनले आदेश दिएका छन्। 

यो घटनाले मुलुकको छवि र पर्यटनमा असर पार्न नदिनेगरी काम गर्न उनले आदेश दिएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .