ad ad

ग्लोबल


भारतीय नयाँ विदेश सचिव मिश्रीले सम्हाले जिम्मेवारी

भारतीय नयाँ विदेश सचिव मिश्रीले सम्हाले जिम्मेवारी

नेपालखबर
असार ३१, २०८१ सोमबार १२:५०, काठमाडौँ

भारतका नवनियुक्त विदेश सचिव विक्रम मिश्रीले आफ्नो कार्यभार सम्हालेका छन्। उनले सोमबार ३५ औं भारतीय सचिवको कार्यभार सम्हालेका हुन्।

यसअघिका विदेश सचिव बिनयमोहन क्वात्रा सेवा निवृत्त भएपछि मिश्रीले नयाँ जिम्मेवारी पाएका हुन्।

मिश्रीले भारतको सहायक राष्ट्रिय सुरक्षा सल्लाहाकारका रुपमा समेत काम गरेका छन्। उनी चीन, स्पेन र म्यान्मारको राजदूत समेत भइसकेका छन्।

मिश्रीले भारतका तीन प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवका रुपमा समेत काम गरेका थिए।

सन् १९६४ मा भारतको श्रीनगरमा उनको जन्म भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .