ad ad

ग्लोबल


२९७ जना सवार साउदी विमानमा जब एक्कासि आगलागी भयो (भिडिओ)

२९७ जना सवार साउदी विमानमा जब एक्कासि आगलागी भयो (भिडिओ)

नेपालखबर
असार २७, २०८१ बिहिबार २१:०, काठमाडौँ

पाकिस्तानको पेसावरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रुवाहक विमानमा आगलागी भएको छ।

उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ। 

बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले भने, ‘साउदी एयरलाइन्सको विमानमा आगो लाग्नुअघि अवतरणका क्रममा टायर नजिकै स्पार्क र धुवाँ देखिएको थियो। त्यसपछि दमकल र उद्धारकर्मी धावनमार्गमा पुगेका थिए।’

साउदी एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भन्यो, ‘रियादबाट पेसावर जाँदै गरेको फ्लाइट नम्बर क्ख्ठढद्द को टायरबाट अवतरणका क्रममा धुवाँ निस्कन थाल्यो। त्यसपछि विमानलाई तुरुन्तै रोकेर सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको थियो। सबै यात्रु र चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो।’

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .