ad ad

ग्लोबल


‘रुसी सेनामा रहेका भारतीय फर्काउन पुटिन सहमत’

‘रुसी सेनामा रहेका भारतीय फर्काउन पुटिन सहमत’

नेपालखबर
असार २५, २०८१ मंगलबार ११:१८, काठमाडौँ

युक्रेन युद्धका लागि रुसी सेनामा सामेल भारतीय नागरिक सुरक्षित रूपमा स्वदेश फर्काउने सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतीय पत्रिका दैनिक भास्करले रुस भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको र यसपछि रुसी सेनामा रहेका भारतीय सेना फिर्ता गर्ने सहमति भएको दाबी गरेको छ। 

गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो। यसपछि भारतले रुससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो। 

२२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी सोमबार साँझ रुसको मस्को पुगेका हुन्। त्यहाँ राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री मोदीका लागि डिनर आयोजना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .