आज सुनचाँदीकै मूल्य घटेको छ। आज सुन तोलामा नौ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको सुनको मूल्यमा आज थप नौ सय रुपैयाँले गिरावट आएको छ।
भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार चार सयमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पाँच रुपैयाँ घटेको छ। आज चाँदी एक हजार ८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
3.5k
Shares
प्रतिक्रिया