ad ad

ग्लोबल


अल्जेरियाको मरुभूमिमा १२ सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

अल्जेरियाको मरुभूमिमा १२ सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

रासस/एएफपी
असार २५, २०८१ मंगलबार ७:१४, अल्जियर्स

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।

बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए।

“पीडितहरू मङ्गलबार लिबियाबाट आएका थिए। उनीहरू मरुभूमिमा हराएपछि शनिबार मृत फेला परेका थिए”, उनले भने। 

अल्जेरियाको मरुभूमिमा हराएका मानिसहरूलाई उद्धार गर्ने काम गर्ने गैरसरकारी संस्था सर्च एन्ड रेस्क्यु एसोसिएसनले आप्रवासीहरूलाई फेला पारेको हो।

एसोसिएसनले मृत्यु हुनेमा दुई अल्जेरियाली र १२ सिरियाली नागरिक भएको बताएको छ। मृत्यु हुनेमा एक १० वर्षीय र एक १६ वर्षीय किशोर छन्।

फारुखले लिबियाका अधिकारीहरूलाई दोष दिएका छन्। उनका अनुसार उनीहरूले आप्रवासीहरूलाई निष्कासन गरेर अल्जेरियाबाट भाग्न प्रेरित गरे।

“हामीले अन्य सिरियालीहरूलाई यसैगरी लिबिया छाडेर अल्जेरियातर्फ गएका देख्नेछौँ र हामीले आफूलाई थप प्रकोपहरूको लागि तयार गर्नुपर्छ”, उनले भने। 

सन् २०१६ मा २२ सिरियालीको अल्जेरियाली सेनाले उद्धार गर्नुअघि छिमेकी नाइजरबाट प्रवेश गरेपछि अल्जेरियाको मरुभूमिमा हराएका थिए। 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार सिरिया विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट बनेको छ।

अरब वसन्त विद्रोहका बीच राष्ट्रपति बसर अल-असदका सेनाबीच विपक्षी समूहहरूमाथि हिंसात्मक रूपमा आक्रमण गर्दा सन् २०११ देखि यो देश युद्धले ग्रस्त छ।

सिरियाको अर्थतन्त्र र पूर्वाधारमा गम्भीर क्षति पुगेको यस युद्धले पाँच लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .