ad ad

ग्लोबल


‘सत्सङ’मा भागदौड हुँदा भारतको हाथरसमा २७ जनाको मृत्यु

‘सत्सङ’मा भागदौड हुँदा भारतको हाथरसमा २७ जनाको मृत्यु

नेपालखबर
असार १८, २०८१ मंगलबार १७:१६,

उत्तर प्रदेशको हाथरसमा एक धार्मिक आयोजनामा भागदौड हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। मारिनेहरुमा तीन जना केटाकेटी पनि रहेको अधिकारहिरुले बताएका छन्।

सो भागदौड शिव सत्सङका क्रममा भएको बताइएको छ। 

सामुदायिक स्वास्थ्य केन्द्रमा कयौँ शवको तस्बिर देखिएको छ। 

‘यहाँ २७ शव आइपुगेको छ। जसमा २५ वटा महिला र २ वटा पुरुषको छ,’ केन्द्रका प्रमुख डा. उमेश कुमार त्रिपाठीले भनेका छन्, ‘सत्सङमा भागदौड भएको हामीले सुनेका छौँ। तर, थप विवरण थाहा हुन सकेको छैन।’

मारिनेहरुमा तीन जना बालबालिका रहेको एसएसपी राजेश कुमारले जानकारी दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .