ad ad

ग्लोबल


बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारलाई कामदार शोषण कसुरमा ४ वर्ष जेल

बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारलाई कामदार शोषण कसुरमा ४ वर्ष जेल

जेनेभाको अदालतमा पेस भएका अजय र नम्रता हिन्दुजा


नेपालखबर
असार ८, २०८१ शनिबार ७:४४, काठमाडौँ

स्विट्जरल्यान्डको एक अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्ये एक हिन्दुजा परिवारका चार सदस्यलाई कामदारको शोषण गरेको कसुरमा ४ वर्षको जेल सजाय सुनाएको छ।

हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट कामदार बोलाएर शोषण गरेको ठहर अदालतले गरेको छ। 

प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ। 

प्रकाश हिन्दुजा र कमल हिन्दुजा वृद्ध उमेर र कमजोर स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अभियोजकले अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिएको छ।

स्विस मिडिया रिपोर्टका अनुसार सजाय पाएका दोषी फरार छन्। 

हिन्दुजा परिवारले कामदारको राहदानी जफत गरी न्यूनतम पारिश्रमिकभन्दा कम दिएको ठहर अदालतले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .