आज (शनिबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार दिउँसो तथा राति काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘यतिबेला (शनिबार बिहान ७:५३ बजे) भने काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ’, उनले भने, ‘उपत्यकामा आज पानी पर्ने सम्भावना ४० प्रतिशत छ।’
उनका अनुसार गएराति पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो।
यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस देखिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए।
आज उपत्यकाको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्रीसम्म रहने अनुमान गरिएको छ।
यो पनि : मनसुनको प्रभाव: ४ प्रदेशमा वर्षा जारी, कस्तो रहला अबको ३ दिन देशभरको मौसम?
Shares
प्रतिक्रिया