ad ad

ग्लोबल


यी ४ इजरायली मुक्त भए हमासको कब्जाबाट

यी ४ इजरायली मुक्त भए हमासको कब्जाबाट

नेपालखबर
जेठ २६, २०८१ शनिबार २१:४९, काठमाडौँ

इजरायलले हमासको बन्दीबाट ४ जना बन्धकलाई मुक्त गरेको छ।

इजरायलले शनिबार बताएअनुसार उसको सेनाले गाजाको नुसिरात क्षेत्रमा गोलीबारी गर्दै हमासको बन्धक रहेका चार इजरायली मुक्त गराएको हो। 

यस कारबाहीमा कम्तीमा १०७ प्यालेस्टाइनीको मृत्यु भएको इजरायलको दाबी छ। 

इजरायल डिफेन्स फोर्सले उक्त कारबाहीमा आफ्नो एक सैनिकको पनि मृत्यु भएको जनाएको छ।

अमेरिकी मिडिया हाउस एक्सियोसका अनुसार अमेरिकाको बन्धक एकाइले यस कारबाहीमा इजरायललाई सहयोग गरेको थियो।

उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए। अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो। नोआसँगै अन्य तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .