ad ad

ग्लोबल


हमासद्वारा ४ महिनामा पहिलोपटक इजरायलको तेल अभिभमा रकेट प्रहार

हमासद्वारा ४ महिनामा पहिलोपटक इजरायलको तेल अभिभमा रकेट प्रहार

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १३, २०८१ आइतबार २२:११, काठमाडौँ

हमासले इजरायलको तेल अभिभमा रकेट प्रहार गरेको जनाएको छ। चार महिनामा हमासले इजरायलको एक भाग तेल अभिभमा रकेट प्रहार गरेको यो पहिलो पटक हो।

इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ।

इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्।

हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत आफूले इजरायलमा ठूला मिसाइलहरू आक्रमण गरेको बताएको छ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको जीवन खतरामा रहेको बताएका छन्। 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। 

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो। हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो।

हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .