ad ad

ग्लोबल


दोहाबाट डब्लिन उडेको कतार एयरवेजको विमान ‘टर्बुलेन्स’ मा पर्दा १२ जना घाइते

दोहाबाट डब्लिन उडेको कतार एयरवेजको विमान ‘टर्बुलेन्स’ मा पर्दा १२ जना घाइते

दोहाबाट डब्लिन जाँदै गरेको विमान टर्बुलेन्समा परेको हो। तस्बिर : गेट्टी इमेज्स


नेपालखबर
जेठ १३, २०८१ आइतबार २१:५१, काठमाडौँ

दोहाबाट आइतबार डब्लिन जाँदै गरेको विमान टर्बुलेन्स (हवाई तुफान) मा पर्दा १२ जना घाइते भएका छन्।

बीबीसीका अनुसार डब्लिन एयरपोर्ट अपरेटर डीएए अनुसार बोइङ ७८७–९ ड्रिमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गर्नुपरेको हो। 

कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो। त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभागजस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए।

रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण ६ जना यात्रु र ६ जना चालक दलका सदस्य  घाइते भएका छन्, जसमध्ये ८ जनालाई अस्पताल लगिएको छ।

टर्बुलेन्सका कारण विमानमा झड्का महसुस हुन्छ। यस्तो अवस्थामा विमान चलिरहेको हुन्छ र अकस्मात् उचाइ बदलिन्छ।

यसै हप्ताको सुरुमा पनि सिंगापुरका लागि उडेको विमानमा गम्भीर टर्बुलेन्सका कारण ७३ वर्षीय बेलायति व्यक्तिको मृत्यु भएको थियो।

सो घटनामा १०० भन्दा बढी यात्रु घाइते भएका थिए, जसमध्ये २० जनालाई आईसीयूमा उपचार गर्नुपरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .