ad ad

ग्लोबल


अली बगेरी कानी बने इरानको नयाँ कार्यवाहक विदेशमन्त्री, यस्तो छ उनको पृष्ठभूमि

अली बगेरी कानी बने इरानको नयाँ कार्यवाहक विदेशमन्त्री, यस्तो छ उनको पृष्ठभूमि

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ६:५६, काठमाडौँ

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री अमिर अब्दुल्लाहियानलगायत धेरैको मृत्यु भएपछि इरानमा धमाधम नयाँ नियुक्ति भइरहेका छन्। 

यसैक्रममा इरानका उपविदेशमन्त्री अली बगेरी कानीलाई नयाँ कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ।

५६ वर्षीय कानी सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको निकट मानिन्छन्। साथै उनी इरानका अति-रुढिवादी जनतासँग पनि नजिक छन्।

इब्राहिम राइसीले २०२१ मा सत्ता सम्हालेपछि उनलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रमुख आणविक वार्ताकार बनाइएको थियो।

२०१५ मा इरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौता गर्दा कानीले देशको नेतृत्व पश्चिमी देशहरूको अगाडि झुकेको टिप्पणी गरेका थिए। 

यस्तै २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौता तोड्दा कानीले तत्कालीन राष्ट्रपति हसन रुहानीले पश्चिमी देशहरूलाई इरान कमजोर भएको संकेत दिइरहेको आरोप लगाएका थिए।

यद्यपि, कानीले पछि सम्झौता पुनर्स्थापित गर्न इरानी प्रयासको बचाउ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .