ad ad

ग्लोबल


इजरायली प्रधानमन्त्री र हमास नेताविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा पक्राउ पुर्जी माग

इजरायली प्रधानमन्त्री र हमास नेताविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा पक्राउ पुर्जी माग

नेपालखबर
जेठ ७, २०८१ सोमबार १८:११,

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र हमास नेता याया सिनवरविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा पक्राउ पुर्जी माग भएको छ। 

सो अदालतका प्रमुख अभियोजनकर्ता करिम खानले उनीहरुविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी माग गरिएको बताएका छन्।

त्यस्तै इजरायली रक्षामन्त्री योहाव गालान्ट र हमासका दुई नेताहरु मोहम्मद देइफ र इस्माइल हनियाविरुद्ध पनि पक्राउ पुर्जी माग गरिएको उनले बताए।

अमेरिका पक्षधर मुलुकको नेतालाई पहिलो पटक यसरी अपराध अदालतमा पक्राउ पुर्जी माग भएको हो। यसअघि रुसी राष्ट्रपतिविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेको थियो।

अब न्यायाधीशहरुको एक इजलासले खानको निवेदनमा सुनुवाइ गर्नेछ।

नेतन्याहुविरुद्ध विनाश, युद्धको विधिका रुपमा भोकमरी गराएको र जानीजानी गैरसैनिकलाई निसाना बनाएको आरोप लगाइएको छ।

यसअघि नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी हुँदै गर्दा अमेरिकी सांसदहरुले आईसीसीलाई पत्र पठाउँदै प्रतिबन्धको धम्की दिएका थिए।

इजरायल र अमेरिका आईसीसीको सदस्य छैनन्। तर, गाजा, पूर्वी जेरुसलेम र वेस्ट ब्यांक सो अदालतको क्षेत्राधिकारमा पर्छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .